Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्लाहीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३१ जना घाइते


  • आइतबार, बैशाख १ २०७६

  • सर्लाहीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३१ जना घाइते

    सर्लाही– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजीक आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ घाइते भएका छन् । 

    मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका–९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका–६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

    जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बा३ख १३१८ नंको बस रिजर्भ गरेर घर फर्किंदै गर्दा आज बिहान साढे ४ बजे उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए । तीव्र गतिमा रहेको बसको स्टेरिङ मोड्दा सडक छेउको रूखमा ठोकिन गई दुर्घटना भएको उनले बताए ।  

    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij