Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उडिरहेको जहाजमा जब सांसदले एयर होस्टेज थर्काए


  • शुक्रबार, चैत्र २९ २०७५

  • उडिरहेको जहाजमा जब सांसदले एयर होस्टेज थर्काए

    काठमाडौं– बुधबार साँझ काठमाडौंबाट बुद्ध एयरको जहाज झापाको भद्रपुरको लागि उड्यो । जहाजले उचाई लिएपछि एयर होस्टेजले एक जना भद्र देखिने व्यक्तिलाई बोर्डिङ पासमा भएको सिट नम्बर अनुसार बस्न आग्रह गरिन । ति भद्र एक्कासी कड्कीए । नम्र स्वरमा बोलेकी एयर होस्टेजलाई हप्काउँदै उनले भने –‘मलाई तिमीले सिकाउने ? ‘ म हो हो चिनेकी छस् ? बुद्ध एयरको दादागिरी अति भयो, हामीले बुद्ध एयरको गतिविधि नजिकबाट हेरिरहेका छौं ।’ भद्र देखिने व्यक्ति एक्कासी जंगिए पछि ति एयर होस्टेज बेस्सरी डराइन । अनुहार रातोपिरो देखियो ।
    ति भद्र व्यक्ति थिए नेकपा सांसद एंव मेनपावर व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बु । संघिय संसदको लोगो लगाएका लिम्बु बोर्डिङ पासमा भएको सिटमा नबसी अर्कै खाली सिटमा बसेका थिए । सांसद जस्तो व्यक्तिले सेवा दिन बसेकी एयर होस्टेज माथि गरेको दुर्वव्यवहार देखेर अन्य यात्रु आश्चर्यमा परेका थिए ।
    सायद एयर होस्टेजलाई ति व्यक्ति सांसद भन्ने पनि थाहा थिएन ।
    विना कारण सांसद लिम्बुको हप्की खाएकी एयर होस्टेजले राम्रोसंग यात्रुलाई सेवा दिन समेत सकिनन । अर्की एयर होस्टेजले उनको काम समेत सघाइन । सांसद लिम्बुले एयर होस्टेजले चकलेट पानी दिँदा समेत जंगिदै चाहिदैन भने । उडान अवधि भरी रिसाएर बसेका लिम्बुले भद्रपुर विमानस्थलमा पुगेपछि एयर होस्टेजले केहि समय नओर्लन गरेको आग्रह पनि मानेनन । ढोका खुल्ने वित्तिकै जर्वजस्ती ओर्लिए ।
    भद्रपुर पुगेपछि अन्य यात्रुसंग ति एयर होस्टेजले आफुले गल्ती नगरेको बताइन । उनले कुनै एक यात्रुले आफुले गल्ती गरेको अथवा नगरेको साछी बस्नका लागि सम्पर्क नम्बर दिन आग्रह गरिन । एक जनाले उनी प्रति भएको दुव्र्यवहार प्रति दुःख व्यक्त गर्दै सम्पर्क नम्बर दिए । उनको अनुहार मलिन थियो । पेशाले नै नम्र र शालिन हुनु पर्ने एयर होस्टेजको कुनै गल्ती थिएन । बरु सांसद लिम्बुले नै पदको उन्माद देखाउँदै ति एयर होस्टेज प्रति अपमान र दुव्र्यवहार गरेका थिए ।
    स–परिवार यात्रा गरेका सांसद लिम्बुको उक्त व्यवहारले जहाजमा यात्रा गरिरहेका अन्य यात्रु स्तब्ध देखिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij