Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अभिनेत्री जान्वीको पहलमा सिन्धुपाल्चोकको विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण हुँदै


  • बुधबार, चैत्र २७ २०७५

  • अभिनेत्री जान्वीको पहलमा  सिन्धुपाल्चोकको विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण हुँदै

    सिन्धुपाल्चोक– अभिनेत्री तथा समाजसेवी जान्वी बोहराको पहलमा स्थापना भएको जान्वी फाउण्डेशनले सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित टेकानपुरको कालिका माविमा दुर्इ कोठेभवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालय निर्माण थालनी गरेको छ ।
    क्षेत्री समाज युकेले जुटाएको १७ लाख सहयोगमा सो पुस्तकालय निर्माण गर्न लागिएको हो ।
    फाउण्डेसनकी अध्यक्ष तथा नायिका जान्वी बोहाराले विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ विद्युतीय पुस्तकाल निर्माण गर्न लागिएको जानकारी दिइन् । उनले रकम जुटाउनका लागि पहल गर्ने एनआरएन केन्द्रीय सदस्य तथा समाजका सल्लाहकार रामशरण सिम्खडा, क्षेत्री समाज बेलायतका अध्यक्ष राजन क्षेत्री, महासचिव कुमार केसीलगायतलाई धन्यवाद समेत व्यक्त गरेकी छिन्। समाजले कवि नवराज पराजुलीलाई बेलायत बोलाइ कविता कन्सर्ट गरेर सो रकम संकलन गरेको थियो ।
    शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण बोहरा र प्रधानायापक ऋषीराम पौडेललगायतको सहभागिता रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij