Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुनः आठ वर्षपछि संसार देख्दा


  • बुधबार, चैत्र २७ २०७५

  • पुनः आठ वर्षपछि संसार देख्दा

    काठमाडौं – भद्रवासबासी ८८ वर्षीय बाबुकाजी महर्जने आफ्नै आँखाले संसार देख्ने आशा मारिसकेका थिए । मंगलबार मोतीबिन्दुको शल्यक्रियाबाट उनी देख्ने भए । त्रिपुरेश्वरस्थित मुलुककै जेठो आँखा अस्पतालले ४५ औँ वार्षिकोत्सवको अवसरमा आँखाको निःशुल्क शल्यक्रिया गरिदिएको थियो । 

    उमेर बढेसँगै आँखाको ज्योति घट्दै गएपछि यस्तो समस्यालाई उनले नियति सम्झेर उपचार गरेका थिएनन् । आठ वर्षदेखि छामछुमको भरमा जीवन बिताइरहेका उनी भन्छन्, ‘धमिलो छायाजस्तो मात्रै देखेजस्तो लाग्थ्यो, यो जुनीमा आँखा देख्ने दिन सकिए झैँ लाग्थ्यो ।’

    आँखा देख्ने सक्ने भएसँगै आफ्नो काम आफै गर्न सकिने, खेतबारीको काममा लाग्न सकिने भन्दै उनी निकै खुसी देखिए । मोतीबिन्दुको समस्याका कारण उनले दुवै आँखा देख्न छोडेका थिए । यो समाचार कान्तिपुरमा फातिमा बानुले लेखेकी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij