नयाँ दिल्ली –नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ।
भारतको राजधानी दिल्लीस्थित महासंघकै सभाहलमा सम्पन्न अधिवेशनले सर्वसहमतिमा लोकेश शाह ‘आर्यन’को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव अर्जुन खनाल , सचिव देवेन्द्र केसी (खुल्ला), सचिव धन वीर पुन (समावेसी) र कोषाध्यक्षमा धन बहादुर विक चयन भएका छन् ।
त्यसै सदस्यमा इन्द्रकमल जैरु, बाबुरोका मगर , भेषराज पौडेल, खुमबहादुर गुरुङ र केशवराज पोख्रेल चयन भएका छन् भने प्रमुख सल्लाहकारमा निवर्तमान महासचिव गोविन्द पोख्रेल र सल्लाहकार सदस्यमा ऋषिराम अधिकारी रहेका छन् ।
कार्यक्रममा महासंघ केन्द्रीय समितिका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारहरु आम नागरिक भन्दा माथि नभएको बताउदै आचारसंहिता पालना गर्नु पर्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
