Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभामुख महरा र कतारका परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता


  • आइतबार, चैत्र २४ २०७५

  • सभामुख महरा र कतारका परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं– कतार भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ।
    अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
    भेटका अवसरमा सभामुख महराले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताए। उनले समुन्द्रेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने बताए।
    दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्दै सभामुख महराले आफूहरुले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराए।
    नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै सभामुख महराले परराष्ट्रमन्त्री अल थानीलाई नेपाल भ्रमणका लागि निम्तोसमेत दिए। साथै सो अवसरमा सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताका लागि शुभकामना पनि व्यक्त गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij