Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वरुपराज आचार्य र बिन्दु परियारको गीतमा महेश र इस्तुको जीवन्त अभिनय


  • शुक्रबार, चैत्र २२ २०७५

  • स्वरुपराज आचार्य र  बिन्दु परियारको गीतमा महेश र इस्तुको जीवन्त अभिनय

    काठमाडौँ – चर्चित गायक स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत नदेखेको धेरै भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
    प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभिनय रहेको छ ।
    किशोर अवस्थामा जानेर वा नजानेर गरिने र प्रेम र त्यसले पाउने गहिराईलाई मुख्य कथा बनाएर निर्माण गरिएको भिडियोमा हरेक प्रेमील जोडीको कथालाई जस्ताको त्यस्तै देखाइएको छ ।
    चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने इश्वर श्रेष्ठको शब्द शृजना रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij