अष्ट्रेलिया – अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनानुदिन वढेसंगै विभिन्न समुदायको गठनपनि त्यही अनुरुपले वढिरहेको छ । यहि क्रमको निरन्तरता स्वरुप हालसालै सिड्नीको दक्षिणपश्चिमको ल्युमिया क्षेत्रमा वसोवास गर्ने नेपालीहरुले एक भब्य कार्यक्रम मार्फत ल्युमिया
नेपलीज कम्युनिटी गठन गरेका छन् ।
गत हप्ता क्याम्पवलटाउनको कोशीगया पार्कमा आयोजित एक वृहतभेलाले सर्वसम्मत रुपमा प्रकाश हुमागार्ईको अध्यक्षतामा ७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रमोद धिताल, सचिवमा अर्जुन तिमिल्सिना, कोषाध्यक्षमा गीता थापा सदस्यमा सन्दीप वास्तोला, जानकी रानाभाट र सुर्य पोखरेल रहेका छन् ।
विभिन्न मनरोञ्जनात्मक कार्यक्रम, बार्विक्यु र अभिभावकहरु वीचको रमाईलो अन्तरंगका विच सम्पन्न सो कार्यक्रमले आगामी दिनमा दक्षिणपश्चिम सिड्नीको ल्युमियामा रहेका नेपालीहरुको हकहितका लागि कार्य गर्नुका साथै क्याम्पलवटाउन काउन्सीलसंगको सहकार्यमा
विभिन्न सामाजिक कार्यहरुमा स्वंयसेवी भूमिका निर्वाह गर्ने निर्णय गरेको अध्यक्ष हुमागाइले वताउनुभयो ।
हामी तुलनात्मक रुपमा सानो संख्यामा हौला, तर छरिएर रहेका हामी आप्रवासी नेपालीहरु हाम्रो नेपाली धर्मसंस्कृति, कला, भाषा र भेषभुषाको पहिचान स्थापित गरेर समाजमा आइपरेका जुनसुकै समस्याका समाधान गर्नका खातिर
यो समिति गठन अपरिहार्य भएको हो, हुमागाईको तर्क थियो । पछिल्ला वर्षहरुमा ल्युमिया क्षेत्रमा नेपालीहरु को वसाईसराईको क्रम वढेको र यहाँ रहेका विविध समस्याहरुलाई सम्वन्धित निकायसम्म पुर्याउनपनि ल्युमिया नेपलीज कम्युनिटी आवश्यकता रहेकोले यसको
गठन भएको उपाध्यक्ष धितालको तर्क थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
