Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ट्रमामा सेन्टरमा अत्याधुनिक सुविधासहितको नयाँ एम्बुलेन्स


  • बिहिबार, चैत्र २१ २०७५

  • ट्रमामा सेन्टरमा अत्याधुनिक सुविधासहितको नयाँ एम्बुलेन्स

    काठमाडौँ – ट्रमा सेन्टरमा अत्याधुनिक सेवा सहितको एम्बुलेन्स संचालनमा आएको छ । लामो समयदेखि सामान्य एउटा एम्बुलेन्सले काम चलाउँदै आएको राष्ट्रिय ट्रमा सेन्टरलाई नयाँ एम्बुलेन्स प्रदान गरिएको हो ।
    वीर अस्पतालले खरिद गरेको ३ वटा अत्याधुनिक सेवा सहितको एम्बुलेन्स मध्ये एउटा राष्ट्रिय ट्रमा सेन्टरलाई दिइएको हो । यस्तै एउटा वीरले नै राख्ने छ भने अर्को एउटा संसद भवनमा राख्ने सरकारले निर्णय गरेको छ ।
    देशको एक मात्रै ट्रमा सेन्टरमा यस भन्दा पहिला अक्सिजन मात्रै जोडिएको सामान्य एम्बुलेन्स संचालन हुँदै आइरहेको थियो ।
    नयाँ “क” वर्गको एम्बुलेन्समा दुई वटा अक्सिजनको सिलिण्डर ,सक्सर ,आगो निभाउने मेसिन, भेन्टिलेटर, स्ट्रेचर, व्हीलचियर, वासिङ, ड्रेसिङ, लगायतका सुविधानहरु रहेका छन् । इन्डीयन फोर्सको नयाँ एम्बुलेन्समा सामान्य अप्रेशन सम्म गर्न मिल्ने सुविधाहरु जोडिएको छ ।
    नयाँ एम्बुलेन्समा ट्रमाका गम्भीर बिरामीलाई ल्याउँदै गर्दा बाटोमा उपचार गर्न पनि सकिने सुविधा रहेको छ ।
    सो एम्बुलेन्समा हेल्थ असिसटेन्ड अनिवार्य बस्नु पर्ने छ भने बिरामी लिनको लागि धेरै पटक डाक्टर आफै पनि एम्बुलेन्समा गइसकेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij