काठमाडौं– सुदूरपश्चिम प्रदेशले बारा र पर्साका हुरी प्रभावितलाई १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ ले स्थापना गरेको राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए।
यसअघि प्रदेश नम्बर ३ ले हुरी प्रभावितलाई १ करोड दिने निर्णय गरेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
