Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बारा र पर्सामा हावाहुरीबाट मृत्यु हुने परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा


  • मंगलबार, चैत्र १९ २०७५

  • बारा र पर्सामा हावाहुरीबाट मृत्यु हुने परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

    बारा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
    मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५–५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
    उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij