Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

न्यायपरिषदद्धारा सर्वोच्चमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस


  • मंगलबार, चैत्र १९ २०७५

  • न्यायपरिषदद्धारा सर्वोच्चमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस

    काठमाडौं– सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदको मंगलबार बसको बैठकले सिफारीस गर्ने निर्णय गरेको छ ।
    सर्वोच्चको रिक्त पाँच न्यायाधीशमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना, सुर्खेत उच्च अदालतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, बरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ता हरिप्रसाद फुँयाल र अधिवक्ता डा. मनोजकुमार शर्मा रहेका छन् ।
    पाँच न्यायाधीशको नियुक्ति सिफारीसपछि सर्वोच्चमा रिक्त सबै पद पुरा हुने भएको छ । सिफारिस भएका न्यायाधीशको संसदीय सुनुवाईमा छलफल हुनेछ ।
    त्यसैगरी बैठकले उच्च अदालतको न्यायाधीशमा किरण शर्मा, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल, निलम पौडेल र राजेशकुमार काफ्लेलाई नियुक्ति तथा पदस्थापनाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।


    अधिवक्ताहरूबाट सात जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ। अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन्। 
    शर्मा नायव माहान्यायधिवक्ता, उपाध्याय सर्वोच्चका रजिष्ट्रार, ढकाल सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव, पौडेल साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश र काफ्ले जिल्ला न्यायाधीशबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij