Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बारा र पर्साका प्राकृतिक विपद्मा घाइते भएकाहरुको उपचार सरकारले गर्ने


  • मंगलबार, चैत्र १९ २०७५

  • बारा र पर्साका प्राकृतिक विपद्मा घाइते भएकाहरुको  उपचार सरकारले गर्ने

    काठमाडौं– सरकारले बारा र पर्साका प्राकृतिक विपद् प्रभावितहरुको उद्धार राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
    सोमबार सांझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले दुखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, नीजी क्षेत्र , सामाजिक तथा गैरसरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरि विपत प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।
    त्यसैगरी घाईतेहरुको उपचारमा कुनै कमि कमजोरी हुन नदिने, घाईते भई अपाङ्ग तथा अशक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरण सहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
    विपत प्रभावित क्षेत्रमा विद्युत् , खानेपानी , सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुचारु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरुले पुर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको छ ।
    त्यसैगरी, गृह मन्त्रालयको समन्वयनमा विपदबाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्ने, मूल्यांकन गर्ने तथ्य र विवरण सहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनर्स्थापना तथा पुननिर्माण लगायतका आवश्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णय समेत बैठकले गरेको छ ।
    बैठकले २७ जनाको मृत्यु भएको ६ सय १३ जना घाईते र ठूलो आर्थिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गरेको छ ।
    बारा र पर्सामा आईतबार राती आएको हावाहुरीका कारण हावाहुरी २७ जनाको मृत्यु भएको भने ६ सय १३ जना घाईते भएका छन् । असिना सहितको हावाहुरीका कारण ठूलो आर्थिक क्षति भएको छ ।
    घटनालगत्तै उद्धार गर्ने, हेरविचार र राहत दिने र अस्पताल र स्वास्थ्य संस्थामा पु्याउन सहयोग गर्ने, समाचार सम्प्रेषण गर्ने सुरक्षा निकाय तथा सुरक्षाकर्मी, प्रशासनिक संयन्त्र, कर्मचारी, सरकारी तथा निजी अस्पतालका चिकित्सक, नर्स लगायतका स्वास्यकर्मी , रक्तदाता, संघिय तथा स्थानीय तहका प्रतिनिधि, नीजि क्षेत्रका संघ संस्था तथा प्रतिनिधि, संचारमाध्यम सम्पुर्ण निकाय तथा आम समुदायबाट भएको सहयोगका लागि सरकारले धन्यवाद दिएको छ ।
    प्रदेश सरकार लगायत सबै तहका निकायसंग समन्वयात्मक ढंगले राहत तथा पुनरस्थापनाको काम गर्ने निर्णय बैठकले गरेको छ । उद्धार कार्य सकिएकाले घाईतेको उपचार र तत्कालको बसोबासको प्रारम्भीक काम सकेपछि दीर्घकालिन व्यवस्थापनबारे निर्णय गरिने जानकारी सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij