Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेश प्रमुखद्वारा ‘पोेखराः हिजो र आज’ किताब लोकार्पण


  • सोमबार, चैत्र १८ २०७५

  • गण्डकी प्रदेश प्रमुखद्वारा ‘पोेखराः हिजो र आज’ किताब लोकार्पण


    पोखरा-फोटो पत्रकार विश्वरत्न शाक्यले संकलन गरेको तस्वीरको किताब ‘पोखराः हिजो र आज’ पोखरामा सोमबार लोकर्पाण गरिएको छ । झन्डै चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका चार सय बढी तस्वीर रहेको किताबको प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले लोकार्पण गरे ।

    फोटो किताबको लोकार्पण गरिसकेपछि बोल्दै प्रदेश प्रमुख कुँवरले विभिन्न कालखण्डको पोखराबारे जानकारी दिने एउटा गलितो अभिलेख यो किताब आएको बताए । ‘भावी सन्तान, दरसन्तान र नयाँ पुस्तालाई पोखराको अध्ययनमा यो किताबले सघाउ पु¥याउनेछ भन्ने मेरो विश्वास छ’ उनले भने,‘सही समयमा सही पुस्तक निकालेर विश्वरत्न शाक्यले आफ्नो जन्मभूमिप्रति गुन लगाएका छन् ।’

    प्रदेश प्रमुख कुँवरले पोखराबासी, गण्डकी प्रदेशवासी मात्र नभई देशको अभिलेखयोग्य र सूचनाको गहिरो स्रोतको रुपमा किताब संग्रहणिय भएको सुनाए ।

    पोखरामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरामा आउने स्वदेशी तथा विदेशी पाहुनालाई उपहारका रुपमा यो किताब दिने व्यवस्था महानगरले गर्ने बताइन् ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले किताबमा समावेशम तस्वीरले तत्कालीन पोखराको विविध पक्षको जानकारी दिएको बताए ।

    शिक्षाविद् जोर्ज जोनले पोखरालाई पढ्न, बुझ्न चाहनेहरुका लागि उपयोगी भएकाले हरेक घरघरमा राख्न योग्य किताब भएको बताए । उनले यो किताबलाई प्रचारप्रसार गर्न स्थानीय निकायले भरपुर सहयोग गर्नुपर्ने औंल्याए ।

    किताबका स्रष्टा, लेखक, तस्वीर संकलक फोटोपत्रकार शाक्यले नौ वर्षको कडा महेनत र विभिन्न चुनौती सामना गरेर किताब तयार गरिएको बताए ।

    नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले किताब सिङ्गो पोखराको इतिहास र वर्तमान केलाउन सहयोगी रहेको बताए । स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन स्वतन्त्र पत्रकार महासंघले गरेको थियो । किताबको मूल्य ७ सय २५ रुपैंयाँ भए पनि लोकार्पणका दिन ५ सय रुपैंयाँमा बिक्री गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij