Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्चद्धारा विप्लवका मध्यकमाण्ड इन्चार्ज ओलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश


  • बिहिबार, चैत्र १४ २०७५

  • सर्वोच्चद्धारा विप्लवका मध्यकमाण्ड इन्चार्ज ओलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश

    काठमाडौं– सर्वोच्च अदालतले विप्लव माओवादीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ।
    सर्वोच्चले उनलाई पक्राउ गर्नुको लिखित जवाफ दिन पनि भनेको छ।
    विप्लव माओवादीका पोलिटब्युरो सदस्य ओली पाँचदिन अघि पक्राउ परेका थिए।
    उनले गत फागुन १० गते नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका थिए ।
    ओलीकी छोरी विपनाले दिएको बन्दीप्रत्येक्षीकरण रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको इजलासले बिहिबार कारण देखाउ आदेश जारी गर्दै तीनदिनभित्र बन्दिसहित अदालतमा हाजिर हुन भनेको हो। आदेश प्राप्त गरेको तीन दिन भित्र प्रहरीले उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij