Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले टोखा नगरसभा बहिस्कार गर्ने


  • बुधबार, चैत्र १३ २०७५

  • कांग्रेसले टोखा  नगरसभा बहिस्कार गर्ने

    काठमाडौं –नेपाली कांग्रेस टोखा नगरसमितिले भोली हुने टोखा नगरपालिकाको नगरसभा बहिस्कार गर्ने भएको छ ।
    टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीलाई उच्च अदालत पाटनबाट नाङलोदीप को–ओपरेटिभको रु. १८.३१ मिलियन विगो भराई एक महिना कैद फैसला भएको र एकै दिन धेरै पटक बैठक बसी अनियमित तवरबाट भत्ता बुझि ४७ लाख बेरुजु भएको महालेखा परिक्षकबाट नयाँ पत्रिका दैनिकमा प्रकाशित गरेपछि कांग्रेसले पार्टीका लेखा परिक्षक संयोजक मनोज भण्डारीबाट अध्ययन गर्दा पनि थुप्रै अनियमितता पत्ता लागे पछि प्रमुख अधिकारीको अध्यक्षमा हुने नगरसभा बहिस्कार गर्न लागेको कांग्रेस टोखा नगर सभापति बसन्त श्रेष्ठले जानकारी दिए ।
    साथै कांग्रेस नगर समितिले गत पौष १४ गते भएको विशेष नगर परिषद्बाट ६ बुँदे सहमति भएको कार्यान्वयन नभएको जनाएको छ । नेकपाबाट निर्वाचित अधिकांश प्रतिनिधिहरुद्धारा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता नगरेको हुनाले अन्य स्थानको सार्वजनिक जग्गा संरक्षण गर्न कठिनाई भएको सभापति श्रेष्ठले स्पष्ट पारे ।
    नगरपालिकाबाट हुने सेवा सुविधामा आस्थाका आधारमा कर्मचारी र आम नागरिकलाई विभेद, प्रतिसोध, पुर्वाग्राही गरिएको प्रति काग्रेसले विरोध जनाएको छ । जनताले पाउने सेवा सुविधा, विकास योजना तथा कार्यक्रमहरुमा सहज, सरल नभई झण्झटिलो र कष्टपूर्ण प्रक्रियाबाट जनता आक्रान्त बनाउने काम गरेको भन्दै त्यसलाई तत्काल हटाउन पनि कांग्रेसले माग गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij