Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुक्तिनाथ स्मृति ग्रन्थ विमोचन


  • मंगलबार, चैत्र १२ २०७५

  • मुक्तिनाथ स्मृति ग्रन्थ विमोचन

    पोखरा– ऐतिहासिक श्रष्ठा मुक्तिनाथ शर्माको स्मृतिमा प्रकाशित मुक्तिनाथ स्मृति ग्रन्थको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले पोखरामा आज एक समारोहका विच लोकार्पण गर्नुभयो ।

    सो ग्रन्थमा मुक्तिनाथ शर्माले गर्नुभएको राजनितिक एंव सामाजिक आन्दोलनका बारेमा विभिन्न श्रष्टाहरुले उल्लेख गरेका छन ।

    ग्रन्थको लोकार्पण गर्दै उपकुलपति गुरुङले मुक्तिनाथ शर्मा सामाजिक र सांस्कृतिक रुपान्तरणका अभियन्ता भएको बताउनुभयो । उहाँले बालकृष्ण समले ‘चिसो चुलो’ लेख्नुभयो तर त्यसलाई तताउन सक्नुभएन । मुक्तिनाथ शर्माले ‘को अछुत १’ लेखेर समाजलाई तातो चुलोको अभुति दिलाउनुभयो ।

    शर्माजस्ता व्यत्तित्वहरुहरुलाई राज्यले चिन्न नसकेकोमा दुःख व्यक्त गर्दै बाटुलेचौरका मुक्तिनाथ, धर्मराज थापा मात्र नभई झलकमान गन्र्धव जस्ता श्रष्टाका कृतिलाई अमरत्व दिन काब्य तिर्थ पर्यटनमा जोड दिन पर्नेमा जोड दिनुभयो । त्यसैगरि श्रष्टा हरिदेवी कोइरालाले धर्म, दर्शन र सामाजिक विभेदको सांस्कृतिक सुधारका लागि जातिय विभेद र छुवाछुत जस्ता आन्दोलनका अभियन्ता भएको बताउनुभयो ।

    त्यसै गरि ग्रन्थको बारेमा समिक्षा गर्दै प्रा.डा. याम बहादुर पौडेल क्षेत्रीले उहाँ शैक्षिक मात्रै नभई राजनितिक आन्दोलनको युग पुरुष भएको बताउनुभयो ।

    अर्का श्रष्टा भुपनिधी पन्तले मुक्तिनाथ जस्ता सामाजिक अगुवालाई तत्कालिन समाजले मात्र नभई बर्तमान समाजले पनि चिन्न नसकेको बताउनुभयो । उहाँका छोरा एंव प्रतिष्ठानका संरक्षक प्रकाश तिमिल्सीनाले मुक्तिनाथ आफ्नो मात्रै पिता नभई सवैको अभिवाक भएको बताउनुभयो ।

    प्रतिष्ठानका अध्यक्ष मोहन थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा सेवी जर्ज जोन, विन्ध्यावासिनी मावि व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा,भिम गायक लगायतका बत्ताहरुले स्वर्गिय शर्माका सामाजिक एंव राजनितिक योगदान तथा हलो क्रान्तिका बारेमा बोल्नुभएको थियो ।

    पोखराको विन्ध्यावासिनी मावि बाटुलेचौरका संस्थापक, राष्ट्रिय मावि टूँडिखेलका संस्थापक सल्लाहाकार, गण्डकी बोर्डिङ स्कूल, लामाचौरका संस्थापक सदस्य हुनुभएका उहाँले तत्कालिन समयमा पोखराको शैक्षिक क्षेत्रको स्थापनामा अग्रणी भूमिका रहेको छ ।

    साथै उहाँले पृथ्वी नारायण क्याम्पस, पोखराको नामाकरण सहित स्थापना, के .आई सिंह पुल, भोटीखोला खानेपानी योजना, पोखरा विमानस्थल र अन्य थुप्रै विद्यालयहरुको स्थापनामा खेलेको अग्रणी भूमिकालाई विर्सन नसकिने कार्यक्रममा बोल्ने बत्ताहरुले जोड दिनुभएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij