काठमाडौ– नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ ।
श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताअनुसार अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।
स्पेसिफिक स्किल्ड वर्कर अन्र्तगत नेपाली श्रमिकले पाउने पारिश्रमिक जापानी कामदारले सोही कामका लागि पाउने पारिश्रमिक सरह वा त्यो भन्दा पनि बढी हुनेछ ।
सम्झौतामा प्रत्येक कामदारलाई सहायता योजना अन्तर्गत जापानमा दैनिक जीवन यापन सम्बन्धी,अभिमुखीकरण भाषा सिक्नका लागि श्रमिकको बसाई र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा, गुनासो व्यवस्थापनका विषय समेत समेटिएको छ ।
श्रमिक भर्ना र भाषा परीक्षाका लागि विभाग अन्तर्गत छुट्टै संयन्त्र
विशेष दक्ष कामदारका लागि नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा तथा सीप परीक्षणके लागि वैदेशिक रोजगार विभाग अन्तगत एउटा छुट्र्टै संयन्त्र खडा गरिने भएको छ ।
नेपाली कामदारले बृद्धाबृद्धको स्याहार सुसार, कृषि, सवारी साधनको मर्मत, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन,आवास उद्योग, इलेक्ट्रोनिक्स ,सुचना प्रविधि उद्योग लगायतका क्षेत्रमा काम गर्नु पर्नेछ । १४ क्षेत्रमा १८ वर्ष पुगेका ३ लाख ४ हजार विदेशी कामदार जापानले लैजानेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
