काठमाडौं– कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त बलात्कार पछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् ।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
२०७५ साउत १० गते हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमण नष्ट विरुद्ध जाहेरी दिएकी थिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
