Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पक्राउ परेका पत्रकारको तत्काल रिहा गर्न महासंघको माग


  • बिहिबार, चैत्र ७ २०७५

  • पक्राउ परेका पत्रकारको तत्काल रिहा गर्न महासंघको माग

    काठमाडौं– कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । आज प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो ।
    कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो । महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दछ । र, पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij