Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना लगत्तै उद्दारमा खट्ने ३ प्रहरी पुरस्कृत


  • बुधबार, चैत्र ६ २०७५

  • पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना लगत्तै उद्दारमा खट्ने ३ प्रहरी पुरस्कृत

    काठमाडौं– फागुन १५ गते पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना हुँदा उद्धारमा खटिने ३ प्रहरी पुरस्कृत भएका छन् । हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
    पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन्।
    उनीहरु तीनै जना ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत रहेका थिए । ३ प्रहरीलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।

    उद्धार तथा खोजतलास एवम् शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिकसमक्ष नेपाल प्रहरीको छवि उच्च बनाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो । मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्ने भिरमा दुर्घटनामा परेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij