काठमाडौं– संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि बस्दै नबसी स्थगित भएको छ ।
बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको सोमबारको बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि बस्दै नबसी स्थगित गरिएको हो ।
समितिको बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ र अर्थमन्त्री डा।युवराज खतिवडालाई बोलाइएको थियो । तर मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।
बैठकमा आधाघण्टा ढिलो गरी उपस्थित भएका अर्थमन्त्री खतिवडाले भने मन्त्रीहरुको कार्यव्यवस्तालाई बेवास्ता गर्दै समितिको बैठक बोलाउने गरेको भन्दै गुनासो गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
