पोखरा–नेकपा माओबादी (बिप्लब) समुहले बिहिबार बन्दको आह्वान गरे संगै पोखराको दुई स्थानमा राखिएका बमहरु सेनाले निष्कृय पारेको छ ।
सभागृहचोकमा रहेको ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्रै शंकास्पद वस्तु भेटिए पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर शंकास्पद वस्तुलाई निष्कृय पारेको हो । सेनाले उक्त शंकास्पद वस्तु बम बनाउन तयारी गरेको सामाग्री मात्रै भएको बताएको छ ।
प्लाष्टिकको बट्टामा तारहरु बेरिएको अवस्थामा बिहिबार उक्त सामाग्री बिहानै भेटिए पछि वरपरका बाशिन्दाहरु त्रसित बनेका थिए ।
त्यसैगरी पोखराको लेखनाथ स्थित भन्डारढिकमा पनि सकेटबम जस्तो शंकास्पद वस्तु भेटिए पछि नेपाली सेनाको बम डिष्पोज टोलीले निष्कृय पारेको छ ।
अहिले बन्दका कारण पोखराको जन जिवन ठप्प छ भने लामो तथा छोटो दुरिका कुनै पनि सवारी साधन चलेका छैनन । पोखराका सम्पूर्ण विद्यालय तथा कलेजहरु समेत बन्द रहेका छन । पोखरामा भित्री गल्लीका बाहेक मुख्य बजार क्षेत्रहरु पनि खुलेका छैनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
