काठमाडौं– काठमाडौं महानगरपालिका-३२ जडीबुडीस्थित रामेछाप दोरम्बा गाउँपालिका(६ घर भएका २९ वर्षीय पुष्कर मगरको होटलमा तोडफोड गरेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नरेफाँट बस्ने २९ वर्षीय अशोक मल्ल, २२ वर्षीय नारायण श्रेष्ठ र ललितपुर गोदावरी बस्ने सुनसरी धरान घर भएका २१ वर्षीय प्रबिण लिम्बु रहेका छन् । उक्त होटलमा टेबुल, शिशा, गिलास लगायतका सामानहरु तोडफोड गरी क्षति पुर्याभएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । तोडफोडबाट करिब ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
