काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी चैत ४ गते का लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
बिहिबार नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै चैत ४ गते विहान ११ बजेलाई बैठक बोलाएको जानकारी दिए । यसअघि फागुन १४ गतेको बैठक बस्दै नबसि स्थगित भएको थियो ।
४ गतेको बैठकमा अनुसाशन समिति, निर्वाचन समिति गठनका साथ नेतृत्वविहिन नेविसंघलगायतका विषयमा छलफल हुने देखिन्छ ।
१४ गतेको बैठकमा अनुसाशन, निर्वाचन समितिमा भागबन्डाका कारण बैठक बस्न सकेको थिएन । संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेर जाने तयारी थालेपछि संस्थापन इतर पक्षले बैठक बहिस्कारको चेतावनी दिएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
