Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाकिस्तानले वायु सेनाका चालक भारतलाई बुझायो


  • शुक्रबार, फाल्गुन १७ २०७५

  • पाकिस्तानले  वायु सेनाका चालक भारतलाई बुझायो


    एजेन्सी – पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई रिहा गरिदिएको छ।
    पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो।

    अब उनलाई पञ्जावको वगाहा–आरती नाकाबाट भारत ल्याइने छ। भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम भारत ल्याउने जनाएको छ।
    बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेनाको जहाजलाई विवादीत कस्मिरमा खसालेको थियो। सो जहाजमा रहेका पाइलटलाई पछि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।
    भारतले दिल्लीस्थित पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएर अभिनन्दनको रिहाइको माग गरेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij