ताप्लेजुङ हेलिकप्टर दुर्घटना
काठमाडौं– बुधबार विहान एयर डाइनेष्टी हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी बायुसेवा उद्यमी आङछिरिङ शेर्पासहित छ जनाको टोली उड्यो । तेह्रथुमको आठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न उडेको मन्त्रीसहितको टोली ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरा सम्म पुग्यो । मन्त्रीसहित सबैले पाथिभराको दर्शन गरे । हिउँ परिरहेको थियो । हेलिकप्टर रोकिएको स्थानमा १० मिनेटजति सबैले कुरेर बसे । स्थानिय प्रत्यक्षदर्शीका अनुसार हिउँ केहि कम हुने वितिकै क्याप्टेन प्रभाकर केसीले भने– ‘अब उडिहाल्नु पर्छ छिटो बसौं ।’
मन्त्रीसहित सबै जना हेलिकप्टरमा बसे । क्याप्टेनले हेलिकप्टर उडाए । हिउँ पुरै रोकिएको थिएन । हेर्दा हेर्दै हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्ने भन्ने ठाउँमा ठोकिन पुग्यो । दुर्घटनामा मन्त्रीसहित छ जनाको दुखद निधन हुन पुग्यो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
