Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पप्पु कन्स्ट्रक्सन सञ्चालक निलम्बित सांसद रौनियार एक करोड ७५ लाख धरौटीमा छुटे


  • सोमबार, फाल्गुन १३ २०७५

  • पप्पु कन्स्ट्रक्सन सञ्चालक निलम्बित सांसद रौनियार एक करोड ७५ लाख  धरौटीमा छुटे

    काठमाडौं– भ्रष्टाचार मुद्दामा निलम्बित सांसद हरिनारायणप्रसाद रौनियार १ करोड ७५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
    विशेष अदालतले मागेको धरौटी बैंक ग्यारेन्टीमार्फत तिरेर उनी रिहा भएका हुन् । आइतबार छोरा सुमितसहित उनी विशेष अदालतमा उपस्थित भएका थिए ।
    गत १९ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार र उनका छोरा सुमितविरुद्ध जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको थियो । पप्पु कन्स्ट्रक्सनका मालिकका रूपमा रौनियारविरुद्ध मुद्दा दायर भएको हो । बबई नदीमा निर्माण भएको पुलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
    पप्पु कन्स्ट्रक्सन हाल छोरा सुमितको नाममा छ । पप्पुले नै रौतहटको गौरमा पुल निर्माणमा ढिलाइ गर्दा डुंगामार्फत खोला तर्न बाध्य स्थानीय केही समयअघि दुर्घटनामा परेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij