Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियामा खपतरी बस्नेत समाज गठन


  • शुक्रबार, फाल्गुन १७ २०७५

  • अस्ट्रेलियामा खपतरी बस्नेत समाज गठन

    अस्ट्रेलियाको सीड्नीमा छरिएर रहेका खपतरी बस्नेतहरुको भेलाले राम बस्नेतको अध्यक्षतामा खपतरी बस्नेत समाजको गठन गरेको छ । आफ्नो कुलवंशलाई स्वदेश तथा बिदेशमा एकाकार बनाइराख्ने उद्देस्यका साथ अ‍ोलम्पिक पार्कमा भेला भएको बस्नेतहरुको बाक्लो भेलाले सो कार्यसमिती गठन गरेको यसकी प्रबक्ता सुजाता बस्नेतले बताइन । कार्यसमितीका अन्य सदस्यहरुमा उपाध्यक्षमा संगिता बस्नेत,सचिबमा मोहन बस्नेत कोषाध्यक्षमा राजन बस्नेत तथा सहस्यमा भिम बस्नेत लगायत रहेका छन । अस्ट्रेलियाभर छरिएर रहेका खपतरी बस्नेतहरुको लागत उतार्ने र आपसी भाइचारा बढाउनुका साथै उनिहरुको हकहितमा अगाडि बढ्ने भेलाले निर्णय गरेको छ । समाजको गठनले नेपाली दाजुभाइबिचको गाँंठो कसिलो हुने र यसले केहि न केहि भने नी नेपाल र नेपालीलाई फायद्या पुग्ने हुनाले समाज सगन हुनु राम्रो बिषय भएको प्रवक्ता सुजाता बस्नेत केसीले बताइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij