Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नख्खु बम विष्फोट घटनामा संलग्न भएको आशंकामा छ जना पक्राउ


  • आइतबार, फाल्गुन १२ २०७५

  • नख्खु बम विष्फोट घटनामा संलग्न भएको आशंकामा छ जना पक्राउ

    ललितपुर– ललितपुर महानगरपालिका– ४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा शुक्रबार राति करिब ८ बजे विष्फोटन भएको घटनाको अनुसन्धानको क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको भने प्रहरीले नाम सार्वजनिक गरेको छैन।
    घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
    घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
    साथै, घटनामा घाइते भएकी ललितपुर महानगरपालिका(४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रफेर गरिएको छ भने अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ।
    विष्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको सिसा र नजिकैका ५ घरका शिसा फुटेर क्षति भएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij