Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन -प्रधानमन्त्री


  • मंगलबार, फाल्गुन ७ २०७५

  • मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन -प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको यात्रा सुशासन र विकासतर्फ भएकाले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्ने बताए।
    उनान्सत्तरीऔं प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई समृद्ध मुलुकका रूपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ स्वीकार्य हुन नसक्ने बताउँदै यस्ता गतिविधि गर्नेविरूद्ध सरकार कडाइका साथ प्रस्तुत भई कानूनी कारबाही गर्ने दृढता व्यक्त गरेका छन्।
    उनले भने – ‘म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन।’’
    लोकतन्त्रकासामू केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्बित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि निन्दनीय रहेको बताए।

    उनले भने,‘हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौं। परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन्। हाम्रो जिम्मेवारी पनि बदलिएको छ।’
    सोही क्रममा उनले सहादत प्राप्त गरेका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij