Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालको स्कुललाई एनआरएनको सहयोग


  • शनिबार, फाल्गुन ४ २०७५

  • नेपालको स्कुललाई एनआरएनको सहयोग

    परोपकारी परियोजना अन्तर्गत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका न्युन आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजना अनुसार नेपालका ९ वटा जिल्लाका विद्यालयहरुमा एक अक्षय कोष खडा गर्नको लागि प्रत्येक विद्यालयालाई रु १ लाखका दरले सहयोग प्रदान गरेको छ । गैर आवासिय नेपाली संघको सचिवालयमा आयोजना गरिएको एक कार्यक्रम वीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सो रकम सम्वन्धित स्कुललाई हस्तान्तरण गरेका छन । सहयोग प्रदान गर्दै अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघले विभिन्न एनसीसीहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको बताए । भट्टले भविष्यमा संघले नेपाल र विदेशमा रहेका विद्यालय वीच समन्वय गराउने र दुइ देशविच मितेरी विद्यालय अवधारणा अगाडि सारेर नेपालको शैक्षिक विकासमा सहयोग पुरयाउने लक्ष्य रहेको बताए । अध्यक्ष भट्टले यस्तो पुनित कार्यमा सहयोग गर्ने एनआरएन ,अस्ट्रेलिया सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु लगायत सहयोगका लागि आभार प्रकट गरेका थिए ।
    कार्यक्रमको संचालन गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान युवा संयोजक विजय पोखरेलले बिदेशमा रहेर नेपाल र नेपालीलाई माया गर्ने ठुलो जमात रहेको र त्यसलाई एनआरएनले गोलबद्ध गरेको बताए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष महेन्द्र ओलीको समेत उपस्थीती रहेको थियो । एनआरएन अस्ट्रेलियाले विविध कार्यक्रम गरेर नौ लाख रुपैया नेपालका नौ जिल्लाका स्कुलहरुलाई पठाएको कुरा एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij