नेपाली एजेन्टहरु जिम्मेवार
नेपालवाट सुन्दर भबिष्यका खोजिमा उच्च अध्यनका लागि अस्ट्रेलिया आएका हजारौ बिध्यार्थी गलत सल्लाह र सुझाबका कारण अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेका छन ।
पछिल्लो चरणमा ह्वात्तै बढेको नेपाली बिध्यार्थीहरु डिप्लोमा अफ नसिंङ पढने नाममा कलेज र एजेन्टको गलत रबैयाका कारण अन्यौलमा परेको स्पष्ट भएको छ । बैेदेशिक अध्यनको नाममा होडबाजी गर्दै अध्यन गर्ने निकाय र बिषयमा स्पष्ट नुहँंदा एआइबीटी कलेजमा अध्यन गर्ने एक हजार नेपाली बिध्यार्थी यतिखेर गलत रबैयाको शिकार भएका छन । चौबिस महिने डिप्लोमा अफ नसिंङ कोर्स पढन आएका नेपाली बिध्यार्थी डेढ बर्ष पढेपछि कलेजले नर्सिङको सम्वन्धन नपाउने भएपछि खाउँं भने दिनभरको शिकार नखाउँ भने कान्छा बाउको अनुहार भनेझै मझदारमा परेका छन । यतिखेर चालिस हजारको हाराहारीमा नेपाली बिध्यार्थी अस्ट्रेलियामा अध्यनरत रहेका छन ।
नेपालवाट बाबुआमाले बिसौ लाख खर्चेर छोरा छोरीलाई उज्वल भबिष्यको खोजि गर्दै नर्सिङ पढन पठाउने तर यहा आएर बिध्यार्थी गलत रबैयाको शिकार भएर पढाइ त्याग गर्नु पर्ने समस्या आइपरेपछि कतिपय बिध्यार्थी डिप्रेशनमा समेत पर्न थालेका छन ।
अस्ट्रेलियाको शैक्षिक पद्धतीमा अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी(अस्क्वा)ले शैक्षिक संस्थाको दर्ता,सन्चालन र कोर्सको छिनोफानो गर्दछ । यस संस्थाले दर्ता दिएपछि र कोर्सको अनुमोदन पछि बिध्यार्थी भर्ना लिन प्रारम्भ गरिन्छ । तर अन्य बिषयमा यसको अनुवन्धनले काम गरेता पनि नर्सिङ कोर्सका लागि भने अस्ट्रेलियन नसिंङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक)को एप्रुभल आवश्यक रहन्छ । त्यसपछि पनि यी नसिंङ पढाइ गरेका बिध्यार्थीलाई हस्पीटलमा इन्टर्नशिपका लागि ,अस्ट्रेलियन हेल्थ प्राक्टीसनर रेगुलेटर एजेन्सी (अप्रा)को दर्ता नम्बर आवश्यक रहन्छ । यी माथिका प्रारम्भीक तयारीहरुको कयैन परिक्षणकै क्रममा धमाधम बिध्यार्थी लिने र पढाइ सुरु गर्ने अनि कमाइ हाल्ने प्रवृतीले बिध्यार्थी नराम्रोसँंग प्रभावित भएका छन । यसमा राम्रो कमिसनको चक्करमा बिध्यार्थी तथा अभिभावकहरुलाई नेपालमा जानकारी नदिइ भइ हाल्छ र पाइहाल्छ भन्ने प्रवृतीले बिध्यार्थीको भबिष्य अन्यौलमा परेको अध्यनरत एक बिध्यार्थीले बताए ।
अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटीको मान्यता पाएपछि बिभिन्न प्रावधान राखेर सीओइ जारी गर्दै धमाधम बिध्यार्थी भर्ना लिने र बिषयका बारे्मा स्पष्ट ज्ञान नहुँंदा नेपाली बिध्यार्थी मारमा परेका छन । यतिखेर ब्रिजबेन र सिडनीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा रहेका नेपाली बिध्यार्थी पढेर कोर्सको अन्तिम समयमा पुग्दा एन्म्याकले मान्यता नदिदा अलपत्र परेका छन । एन्म्याकले पछिल्लो पटक भाषागत समस्या देखाउदै इगंलिस भाषा परिक्षा आइएलटीएसमा सात अंक आउने बिध्यार्थीलाई मात्र डिप्लोमा अफ नसिंङ पढन पाउने निर्णय गरेपछि थुप्रै बिध्यार्थीहरु थप मर्कामा परेका छन । २०१७ को अक्टोबरमा यो नियम जारी गरिएपनि त्यसअघि भर्ना भएका बिध्यार्थीको हकमा यो नियम लागु नहुने भनिएको थियो । तर पुनश्च सबै बिध्यार्थीले इङलीस टेष्टमा सात अंक ल्याउनु पर्ने भएपछि थुप्रै बिध्यार्थी मर्कामा पर्नुका साथै नसिंङ कोर्स समेत झन्झटीलो बन्न पुगेको छ ।
काउन्सिल फर एन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलीया(सीसा)का केन्द्रिय अध्यक्ष विजय सापकोटा यो बिषय गम्भीर रहेको र हजारौ नेपाली बिध्यार्थीहरु प्रभावित हुनु दुखद भएको बताउछन । नेपाली बिध्यार्थीहरु बिदेशमा पढन आउँंदा सम्वन्धित निकाय र पढने बिषयमा स्पष्ट नभएका कारण यो समस्या देखिएको उनको ठहर छ । नेपालमा रहेका एजुकेसनल कन्सलटेन्सी र परामर्शदाताहरुले यर्थाथ बिवरण नदिएका कारण पनि कतिपय समस्या आइपरेको उनको तर्क छ । राम्रा पनि छन अनि खराब पनि । केहि खराबले थुप्रै राम्रालाई पनि बदनाम गरिदिएका छन ।
आफ्ना भाइ छोरा सम्झेर समय र पैसा अनि पढाइ बर्बाद नहुने गरी परामर्शदाताहरुले परामर्श दिनुपर्ने देखेको छु । किनभने बिध्यार्थीहरुको आवाज सुन्दा यस्तै आभास हुन्छ ।
केहि नराम्रा प्रोभाइडरका कारण पनि सयौ राम्रा कलेज बदनाम हुदैछन,यस बिषयमा अस्ट्रेलियाको शैक्षिक निकाय गम्भीर हुनु जरुरी देखिएको छ । यो एक डेढ बर्षमा दुइ सय भन्दा बढि शैक्षिक संस्था बन्द गरिएका छन, यो शैक्षिक क्षेत्रको लागि शुभ संकेत होइन । यस बिषयमा सरकारको निकायसँंग सिसाले गम्भीर रुपमा छलफल अगाडि बढाउने छ । कतिपय कलेज पढदा पढदै बन्द हुने भएपनि बिध्यार्थीहरुलाई त्यसको क्षतीपुर्ती भर्ने ब्यवस्था भने यहा छ , सापकोटाले भने ।
नेपालवाट मुख्य रुपमा मर्सी एजुकेशन कन्सलटेन्सी तथा अम्ब्रेला एजुेकशन ,पुतलीसडक ,अल्फाबेटा कन्सलटेन्सी , अर्वाड ओसीयन एजुकेशन, अप्सन एजुकेशन , क्यारियर विङ्ग्स बानेश्वर, वेभ इन्टरनेशनल,पुतलीसडक , ओएसीस, एजुकेशन एन्ड माइग्रेशन , रेक्स एजुकेशन ,कंगारु एजुकेशन फाउन्डेसन कन्सलट्यान्सी, प्रोमिस सर्भिसेस ,एजुकेसन एन्ड माईग्रेसन, अप्सन एजेकेशन ,ब्राडफोर्ड लगायतले बिध्यार्थीहरु पठाएको पीडित बिध्यार्थीले राष्ट्रपुकारलाई बताएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
