Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल अब भुपरिवेष्ठित राष्ट्र होइन : प्रधानमन्त्री ओली


  • बिहिबार, फाल्गुन २ २०७५

  • नेपाल अब भुपरिवेष्ठित राष्ट्र होइन : प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब रेलभन्दा पहिले नेपालमा पानी जहाज आउने बताए।
    बिहीबार ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ । ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन। सानो डुंगाजस्तो पनि होइन। ठिक्कको पानीजहाज आउँछ।’
    साथै उनले नदीको आकार, गहिराइअनुसार पानीजहाज ल्याइने उनले बताए।
    प्रधानमन्त्री ओलीले भने नेपाल अब भुपरिवेष्ठित राष्ट्र होइन । ‘जहाज त उडेका थिए। अब भुइँ नछोई पानीमाथिबाटै संसार घुम्न सकिन्छ,’ उनले भने।
    ‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन्। पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ,’ उनले भने, ‘गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन सकिन्छ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij