Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग पत्रकार महासंघको माग


  • मंगलबार, माघ २९ २०७५

  • पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग पत्रकार महासंघको माग

    काठमाडौं– नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    महासंघ सर्लाही शाखाका अनुसार पत्रकार दियालीलाई माघ २९ गते विहान ११ बजे फोन गरेर बोलाएर हरिवन नगरपालिका ९ स्थित सुखेपोखरीमा एक समुहले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाईते भएका पत्रकार दियालीको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।
    विज्ञप्तीमा भनिएको महासंघ पत्रकार दियालीमाथि भएको यो सांघातिक आक्रमणको कडा भत्र्सना गर्दै घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग माग गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij