Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक छ : प्रधानमन्त्री


  • मंगलबार, माघ २९ २०७५

  • सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक छ  :  प्रधानमन्त्री

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुलाई पैसा कहाँ लुकाउने भनेर छटपटी हुने बताएका छन् ।
    सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार भन्ने कुरा भ्रष्टहरुको पनि शत्रु भएको बताएका छन् । । उनले भने, ‘अख्तियारले थाहा पाउला भन्ने छटपटी, राख्ने ठाउँ नभएर छटपटी हुन्छ, कहिल्यै सुविस्ता हुँदैन ।’
    भ्रष्टचारी पापको भागिदार हुने र प्रतिफल पनि अर्काले खाने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई सवै मिलेर निर्मुल पार्नुपर्नेमा जोड दिए ।
    ‘अव हाम्रो ध्यान सुशासन र विकासमा गएको छ’ उनले थपे, ‘सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक छ ।’
    आगामी दिनमा समय तोकेर गरीबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘अब ५–१० बर्षपछि नेपाल कमजोर गरिब छ भन्नेकुरा स्वीकार हुँदैन, र्साजमा मझौला भएपनि मजवुद देशको परिचय हामीले दिनुपर्छ ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij