Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँच डीएसपी काज सरुवा


  • सोमबार, माघ २८ २०७५

  • पाँच डीएसपी काज सरुवा

    काठमाडौं -प्रहरी प्रधान कार्यालय, नक्सालले पाँचजना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

    कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय, रौतहटमा डीएसपी नविन कार्कीलाई पठाइएको छ । कार्की यसअघि कास्की जिल्लास्थित वडा प्रहरी कार्यालय बैदामका प्रमुख थिए ।
    यसैगरी महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई पठाइएको छ । दरबारमार्गका प्रमुख दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि पाल्पामा कार्यरत डिएसपी घिमिरेलाई दरबारमार्ग पठाइएको हो ।
    त्यस्तै म्याग्दी जिल्लामा महेन्द्र प्रसाद मरासिनी, वडा प्रहरी कार्यालय बैदाममा कोमल बिक्रम शाह र दार्चुला जिल्लामा भेषराज रिजालको काज सरुवा गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij