Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरीद्वारा सिन्धुलीमा २१ राउण्ड हवाई फायर


  • शनिबार, माघ २६ २०७५

  • प्रहरीद्वारा सिन्धुलीमा  २१ राउण्ड हवाई फायर

    सिन्धुली– प्रहरी र स्थानीयबीच झडप हुँदा सिन्धुलीको मरिण गाउँपालिकामा तनाव भएको छ ।
    इलाका प्रहरी कार्यालय कपिलाकोटमा घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच शनिबार साँझ झडप हुँदा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले २१ राउण्ड हवाई फायर गरेको छ ।

    स्थानीयहरूबीच भएको विवादका क्रममा प्रहरीले दुई जनालाई केही दिन अघि प्रहरी पक्राउ गरेको थियो भने शनिबार फेरि एक जना पक्राउ परेपछि स्थानीय आक्रोशित बन्दै चौकी घेराउ गर्न पुगेका थिए ।
    स्थानीयले पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij