Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतबारदेखि कारोवार सुरु गर्ने


  • शुक्रबार, माघ २५ २०७५

  • महालक्ष्मी लाइफ इन्स्योरेन्सले  आइतबारदेखि कारोवार सुरु गर्ने

    काठमाडौं– महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले माघ २७ गते आइतबारदेखि आफ्नो कारोवार सञ्चालन गर्ने भएको छ ।
    विहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ । राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरुप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी आवधिक बीमा योजना बिक्री गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए।
    कम्पनीले माघ महीनाभित्रै काठमाडौँ, वीरगञ्ज र पोखराबाट कारोवार थाल्ने तथा इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो सातामा कारोवार सञ्चालन गर्ने जनाएको छ । कम्पनीकोे चुक्ता पूँजी रु दुई अर्ब छ भने संस्थापकबाट रु एक अर्ब ४० करोड चुक्ता भइसकेको छ । कम्पनीले भने रु ६० करोड सर्वसाधारणका लागि छुट्याइएको बताइको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij