काठमाडौं -प्रहरी प्रधान कार्यालय, नक्सालले तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटको प्रमुखमा डीएसपी श्याम खत्रीलाई पठाइएको छ भने जाजरकोटमा हाल कार्यरत रवीन्द्र केसीलाई आईजीपी सर्वेन्द्र खनालको सचिवालयमा तानिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी कुमुद ढुंगेललाई इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर र उनको ठाउँमा डीएसपी धर्म भण्डारीलाई पठाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
