Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

४ जना १० हजार घुस सहित अख्तियारको फन्दामा


  • बिहिबार, माघ २४ २०७५

  • ४ जना १० हजार घुस सहित अख्तियारको फन्दामा

    काठमाडौं– नेपालगन्ज सव–डिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगविर खत्रीसहित ४ जना घुससहित पक्राउ परेका छन् ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा खत्रीसहित फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई १० हजार घुससहित नियन्त्रणमा लिएको हो ।
    उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० स्थित सुर्खेत रोडबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij