काठमाडौं– सानिमा बैंकले कान्थिपथ र भक्तपुरको गठ्ठाघरमा दुई नयाँ शाखा संचालनमा ल्याएको छ।
ति शाखाको बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ, ब्रान्ड प्रवद्र्धक कलाकार द्वय मदन श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे। सो अवसरमा अध्यक्ष श्रेष्ठले बैंकले शाखा विस्तार बढाउँदै लैजाने नीति लिएको जानकारी दिए।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले सरल सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाए। बैंकका देशभर ७६ शाखा तथा ७२ एटिएम संचालनमा छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
