Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘ग्रामीण विकासका लागि प्रविधि’ भन्ने मुल नाराका साथ पुल्चोक क्याम्पसमा राष्ट्रिय प्राविधिक मेला हुने


  • सोमबार, माघ २१ २०७५

  • ‘ग्रामीण विकासका लागि प्रविधि’ भन्ने मुल नाराका साथ पुल्चोक क्याम्पसमा राष्ट्रिय प्राविधिक मेला हुने

    काठमाडौं– पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘ग्रामीण विकासका लागि प्रविधि’ भन्ने मुल नाराका साथ १६ औँ राष्ट्रिय प्राविधिक मेला हुने भएको छ।
    कार्यक्रम पुल्चोक क्याम्पसमा अध्ययनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स ईन्जिनियरिङ संकायका विद्यार्थीहरुको संस्था ‘लोकस’ ले आयोजना गरेको हो।
    यहि माघ २४, २५ र २६ गते हुने मेलामा देशभरका विद्यार्थीले बनाएका प्रविधिहरुको प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धामा विजेताले नगद पुरस्कार समेत पाउने लोकसले जनाएको छ।
    यस राष्ट्रिय प्रविधि फेस्टिभलमा द्रोनाचार्य, रोवोवार्ज, रोवोलोकस, गेमिङ, प्रोजेक्ट कम्पिटिसन, कोड क्याम्प, लगायतका प्रतिस्पर्धा हुनेछ।
    यस कार्यक्रम अवधिभर करिव ४० हजारले अवलोकल गर्ने लोकसको अपेक्षा छ। यस कार्यक्रमको अवलोकन गर्न कुनै शुल्क लाग्ने छैन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij