काठमाडौं -आपराधिक गतिविधि गर्दै आएका राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार कोटेश्वर, चाबहिल, गौशाला, सिनामंगल क्षेत्रमा सक्रिय रहेका ५० वर्षीय गोर्खालीलाई महानगरीय अपराध महाशाखाले बानेश्वरबाट पक्राउ गरेको हो।
राजधानीका व्यापारीहरूलाई धम्क्याएर विगत तीन महिनादेखि अवैध असुली गरिरहेको आरोपमा महाशाखाले गोर्खालीलाई पक्राउ गरेको हो।
उनले काठमाडौं मलका शिवलक्ष्मी कोजुको नामको ठेक्का अलिखित रूपमा स्वीकार गरेको भन्दै व्यापारीहरू सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिबहादुर थापालगायतको पसलमा ताला लगाएर तीन महिनादेखि आफ्नो कब्जामा लिएको प्रहरीले जनाएको छ ।
गोर्खालीविरूद्ध आपराधिक ठगी तथा संगठित अपराध अन्तर्गत अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
