Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब हाम्रो ध्यान जनताको आर्थिक विकासमा जानुपर्छ -पूर्वप्रधानमन्त्री भट्टराई


  • आइतबार, माघ २० २०७५

  • अब हाम्रो ध्यान जनताको आर्थिक विकासमा जानुपर्छ -पूर्वप्रधानमन्त्री भट्टराई

    भोजपुर -पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजन बाबुराम भट्टराईले नेपाललाई अब आर्थिक समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताएका छन् ।

    उनले नयाँ शक्ति पार्टी नेपालले देशको समृद्धिको खाका कोरेर आफ्नो क्रियाकलाप अगाडि बढाएको समेत बताए । उनले भने, ‘नेपालको राजनीतिक क्रान्ति सकियो अब हाम्रो ध्यान जनताको आर्थिक विकासमा जानुपर्छ, अबको सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ ।’

    मध्य पहाडी लोग मार्ग जनसंवाद अभियानअन्तर्गत भोजपुरको टुँडिखेलमा भएको कार्यक्रममा उनले नेपाल, भारत र चीनजस्ता तीव्र आर्थिक समृद्धितर्फ गइरहेको देशको बीचमा रहेकाले अबको सरकारको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकताका राखेर काम गर्नुपर्ने बताए ।

    संयोजक भट्टराईसहितको टोली जनताका गुनासा सुन्ने लक्ष्यका साथ विभिन्न ठाउँमा जनसंवाद कार्यक्रम गरिएको छ । यो अभियानअन्तर्गत आज भोजपुरको अरुण गाउँपालिकाको प्याउली, पौदुङ्ममा गाउँपालिकाको च्याङ्ग्रे, भोजपुर सदरमुकामलगायत ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij