Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु


  • आइतबार, माघ २० २०७५

  • बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

    भारत -भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो ।

    रेलका नौ डिब्बा लिकबाट उछुट्टिएका छन् । पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको जानकारी दिएका छन् । धेरै यात्रुहरु डिब्बामा फसेका छन् । उनीहरुको उद्धारकार्य जारी छ ।
    घटनास्थलमा सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली खटिएको छ । साथै रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन् । रेल दुर्घटनाको कारण भने खुलेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij