काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक माघ २० गते दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो।
१ बजेदेखि सुरू भएको प्रतिनिधिसभाको बैठकमा सांसद मिनेन्द्र रिजालले बोलेपछि नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको हो।
कांग्रेस सांसदहरू बैठक अवरूद्ध गर्न उठेपछि सभामुख कृष्णबहादुर महराले सरकारले उनीहरूको माग पूरा गरेकाले बस्न अनुरोध गरेका थिए।
कांग्रेस सांसदहरू नबसेपछि उनले संसद स्थगित गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसद अवरूद्ध पारेका हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
