Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भेनेजुएलाका विपक्षी नेता जन गुइडोलाई देशबाहिर जान प्रतिबन्ध


  • बुधबार, माघ १६ २०७५

  • भेनेजुएलाका विपक्षी नेता जन गुइडोलाई देशबाहिर जान प्रतिबन्ध

    भेनेजुएला– भेनेजुएलाका विपक्षी नेता जन गुइडोलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ । त्यहाँको सर्वोच्च अदालतले गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै उनको बैंक खातासमेत रोक्का गरिदिएको छ ।
    गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । गुइडोले सडकबाटै गरेको घोषणालाई अमेरिकाले समर्थन जनाएको थियो । त्यहाँको विपक्षी दलले पछिल्लो निर्वाचनको परिणाम सार्वजनिक भएदेखि नै त्यसप्रति असहमति जनाउँदै प्रदर्शन गर्दै आइरहेको छ ।
    विपक्षी दल र तिनका नेतालाई अमेरिकाले खुलेआम समर्थन गर्दै आइरहेको छ भने रसिया, चीनलगायत देशको सहानुभूति राष्ट्रपति निकोलस मदुरोलाई छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij