Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाललाई ऐतिहासिक सफलता


  • मंगलबार, माघ १५ २०७५

  • नेपाललाई ऐतिहासिक सफलता

    काठमाडौं – कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ।
    ओडीआई मान्यता पाएको एक वर्ष नपुग्दै नेपालले पहिलो सिरीज जितेको हो। यसअघिको पहिलो सिरिजमा नेदरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो।
    घरेलु टिम युएईलाई तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित हात पारेको छ।
    युएईमा जारि सिरिज अन्तर्गत पहिलो खेल ३ विकेटले हारे पनि दोस्रो खेलमा १४५ रनको जित दर्ता गर्दै सिरिज बराबरी गरेको थियो। सिरिज जितको लागि निर्णायक बनेको तेस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो।
    युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो।

    योसँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij