काठमाडौं– त्रिवि शिक्षण अस्पतालले अस्पताल परिसरमा अनसन, रिले अनसन, धर्ना र प्रदर्शन नगर्न आग्रह गरेको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले विज्ञप्ति निकालेर चिकित्सकलाई अस्पतालमा धर्ना, प्रदर्शन नगर्न भनेका हुन्।धर्ना, विरोध, बन्द र हड्तालले बिरामीलाई असर पर्ने भन्दै अस्पताल परिसरमा यस्ता गतिविधि नगर्न समेत अस्पतालले चिकित्सकहरूलाई आग्रह गरेको छ।
सोमबार सोमबार त्रिवि शिक्षण अस्पताल परिसरमा नेपाल चिकित्सक संघले रिले अनसन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रिले बसेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
